मेरा कलाकृति बारे व्याख्या तथा अवधारणा

मेरा कलाकृति बारे व्याख्या तथा अवधारणा I

परिचय

चित्रकला अभिव्यक्ति को एक सशक्त माध्यम हो । जसरी कलाका विभिन्न माध्यमहरूलाई पछि वास्यायनले ६४ कलाहरूमा विभाजन गरिदिए, अन्य कलाका आयामहरूले जस्तै चित्रकलाले पनि आफ्नो अस्तित्वलाई परापुर्वकाल देखिनै कायम राख्दै परस्कृत र विकसित रूप लिदै आएको छ । वर्तमान परिवेशमा त झन यस्को मानव जीवनसँग अपरिहार्य र अन्योन्याश्रित सम्बन्ध रहेको छ । हामी हाम्रो वरिपरिको संसारमा जतापनि हेरौ, ठुला ठुला, महल, विल्डिड, बाटो, बगैचा, घरआँगन, सबैतिर सिर्जना र कलाको संसार नै व्याप्त छ । दिनप्रतिदिन कला र सिर्जनाको महत्व र मल्य पनि आकांसिदो छ । साथै कलाकारको व्यास्तता र समय अभाव पनि बढदै गएको छ र उत्कृष्ट कलाको माग पनि । कतिपय कलाकृतिहरू कलाकारको निजात्मक अभिव्यक्त हुन्छन् । जस्तै कि कलाकार भ्यानगोग, आफनै संसार र सिर्जना मैं तल्लिन रहे । संसारलाई नयाँ सोच र अवधारणा परिस्करहे । तर त्यो सत्यता र दृष्टिकोणलाई त्यसबेलाको समाज र परिवेशले वुझून सकेन न त पचाउन पनि । समाज परिवर्तनशील छ र यो विकसित पनि हुंदै आएको छ । यी सबै दिमागी उपज र कौतुहलताका देनहरू हुन् । मानवीय ज्ञानको भण्डार जति खुल्दै जान्छ त्यति तिलास्मी खजानाहरू फेला पदै जान्छन् र त्यसभित्र लुकेका रहस्य र मर्महरू विस्तार पर्दाफास हुँदै जान्छन् । जस्का अमुल्य उदाहरणहरू ती प्राचिन चित्रहरू नै रहे । जसले त्यति बेलाका समय, काल, परिस्थिति र सोचलाई पस्क्यो र त मानव जाति अहिले को यो परिस्कृत र विकसित रूपमा देखा परेको छ । जसरी ति महान कलाकारहरूले कलाको महान इतिहास रचे । त्यसरी नै कलाका यप आयामहरू रच्ने काम अहिले पनि भैरहेको छ । मानव जाती चुपचाप रहेन । कोरी रहुयो । कोरी रह्यो, केही न केही वनिरहयो । नविन सोच, अवधारणा र दृष्टिकोणले पछयाई रहयो । कलाको सन्दर्भ लाई जति परिभाषित गरेतापनि यस्को भाव अर्थ र गहिराई समुन्द्र भन्दा पनि गहिरो छ । त्यस्को महत्व पनि अलौकिक र आनन्ददायी रहेको छ । सभ्यताको उदगम नै कला रही आएको छ । कला जीवनको एउटा अभिन्न पाटो हो । हामी कला बिनाको जीवन कल्पना नै गर्न सक्दैन । कल्पनाशील र सिर्जनशील देनहरूले नै यो संसार चलेको छ । त्यसैले नै हामी कलाको अभिन्न पात्रको रूपमा भुमिका निभाइरहेका छौं । वातावरण र भुगोलले हामीलाई घेरिरहेको छ । हामी प्रकृति र सँस्कृतिबाट पर गएर सोच्न सक्दैनौ । यी हाम्रा वरिपरिका परिवेश, माहौलले जहिले पनि हाम्रो सोच, विचार, व्यवहार र दृष्टिकोणलाई प्रभाव पारी नै रहेको हुन्छ । पर्यांवरण र प्रकृति कै एक अभिन्न चेतनशील अंग मानव जाति नै हो । मानव जातिको सोच र विचारले नै सर्वश्रेष्ठता हासिल गरी रहेको छ ।

 

मेरो जन्म बाग्लुङ जिल्ला मा भएपनि मेरो परिवार बसाइसराइ को कारण पोखरा मा आएको थियो । मेरो बाल्यकाल पोखराको भूमि, परिवेश र वातावरण मा घूलमिल भएर वित्यो । मेरो प्रारम्भिक शिक्षा दिक्षा स्थानिय विद्यालयहरू जानकी प्रा वि र श्री सिद्घ मा वि मा भएको थियो । एस एल सी पछी मैले मेरो कलाको प्रारम्भिक शिक्षा स्थानिय कलाकारहरु बुद्घी गुरुङ, राजदुर जोशी, पदम घले बाट प्राप्त गरे र पि एस एम ग्यालरीमा ६ वर्ष सम्म कार्यालय सचिवका रुपमा आबद्घ रहे । स्नातक सम्मको उच्च शिक्षा स्थानिय कलेजहरूमा गरे तापनि मेरो कला प्रतिको तिब्र चाहना र कला शिक्षा प्राप्त गने अभिलाषा लाई मैले २०६३ सालमा काठमाण्डौं आएर पूरा गरे । २०६५ सालमा मैले ललित कला क्याम्पस भोटाहिटी बाट प्रमाणपत्र तह र २०६८ मा स्नातक तह उतिर्ण गरे । त्यसपछी २०६९ सालमा स्नातकोतर तह को अध्ययन का लागि ललितकला केन्द्रिय विभाग, त्रिभूवन विश्वविद्यालय कीर्तिपूर मा आएर भर्ना भए । ललितकला स्नातकोतर तहको चित्रकला विषय अन्तर्गत मैले रोजेको विषयवस्तमा दई वर्ष भित्र ‘Ethos of surrounding’ शिर्षक मा चित्रहरू कोरेको थिए । यी चित्रहरू को सिर्जना गर्ने कृममा प्रकति कै एक पात्रको रूपमा मं पनि आफूलाई पाउदँछु । वातावरणीय र साँस्कतिक पक्षहरूले जहिले पनि मेरो सोच र दृष्टिकोणलाई प्रभाव पारीरहेको हुन्छ । त्यसैले मेरो चित्रका विषयवस्त र कार्य क्षेत्रहरू सधै वातावरण, पर्यावरण र आफनो उपस्थितिलाई दृष्टान्त पार्न तल्लिन रहन्छन् ।

सवैजना आफ्ना वरीपरिका कुराहरूले प्रभावित हुन्छन् । मं आफ्नो वातावरणको अवलोकन गर्न तल्लन रहन्छु र यसबाट कहीं अर्थ निस्कन खोज्दछु र कलालाई एउटा माध्यमको रूपमा मं आफ्नो अवलोकन र चिन्तन मननलाई दृश्य भाषा (Visual Language) को रूपमा व्यक्त गर्न चाहन्छु । जब मं आफ्ना चित्र र रंगबाट ती कुराहरूलाई कोर्न चाहन्छु । भिजुअल डायरीको रूपमा मेरा चित्रहरूले मेरा नितान्त अनुभव, प्रतिक्रिया र प्रभावहरूलाई व्यक्त गर्दछ । एक प्रेरणाका रुपमा चित्र कोर्नलाई प्रोत्साहित गरिरहेको हुन्छ । जब जब म आफुलाई हिमालको काखमा पाउँंदछु । म आफुभित्र रहेकों भित्री विचार र अवधारणा जुन अवचेतन दृश्ययहरू मस्तिष्कमा रहि रहेको आभाष गदछु । स्वप्नील ती दृश्यहरूनै मानवपटलमा छाइरहेको हन्छ । ती नै भाव र भाव रंगहरू चित्रकों आकार र रूपमा अभिव्यक्त हन्छ । यी अवचेतन भावहरु कै आफ्नै कथा, उपकथाहरू होलान् । तर मेरा खाली क्यानभाषहरूले ती आन्तरिक भावका विम्बहरू सँंग जोड़ने प्रयास गरिरहेका छन् ।

 

रंगको प्रयोग, शैली र माध्यम

कलाकृति सिर्जना हुनुभन्दा अगाडी जसरी रेखाकृति, विचार कन्सेप्टको महत्व रहन्छ । त्यसैगरी कुनै कलाकृति पूर्ण हुनुमा रंगको महत्वपूर्ण भुमिका रहन्छ । चाहे त्यो कलाकृति मोनोक्रोममा संयोजन गरिएको होस वा चाहे त्यों बहुरंग (Multi color) मा रचिएको होस् । जसरी यो संसार सुन्दर, रमणीय र रंगीन छ त्यसैगरी कलाको सार पनि आफुनै छट्टै भावमा ओतप्रोत छ । जसरी सूर्यको एक प्रकाशबाट सप्तरंगी इन्द्रेणी रंगवर्ण प्रकट हुन्छ र यो प्रकृति यो संसार उज्जवल रहेको छ । कलामा पनि त्यसरी रंगले महत्पर्ण भूमिका खेलेको हुन्छ । विशेष गरी मैले चुनेको विषय Ethos of Surrounding अन्तर्गत मेरा भाव र विचार अन्सारका रंगहरू मैंले चु्नेको छ । पहिलो वर्षका चित्र श्रृड्खलाहरूमा मैले प्राय अध्यारो रंगहरू मैले चुनेको छ । पहिलो वर्षका चित्र श्रृड्खलाहरूमा मैले प्राय अध्यारो (Dark) टोनका चित्रहरू कोरेकों छ । जसमा निलो, हरियों, खैरो, रातो रंगहरूको अधिक प्रयोग गरेको पाइन्छ । प्रत्येक चित्रहरूको भाव सगै यी सेतो रंगहरूलाई प्रयोग गरिएको पाइन्छ । जस्तै कि चित्रको पृष्ठभूमिमा मैले डार्क हरियो रंगको प्रयोग गरेको छु भने अगाडीको फिगरमा खैरोरंगको फिगरलाई राखेको छु तथापी निलो रंगको बड़ लिएर कान सफा गर्न लागेको आकृति यो चित्रमा छ । चित्रले समग्र रूपमा एउटा समस्यालाई उठान गर्न लागेको छ । त्यस्ते अकों चित्रमा पृष्ठ भूममा सफा रातों हल्का गुलाबी रंगको प्रयोग गरिएको छ । जसमा पूृष्ठ भूमिमा ड्ुङगामा साँकेतिक चित्र र अग्रभागमा एउटा निलो Figure भित्र जलकुम्भी र छातीमा माछापुच्छ्े हिमालको आकृति छ । यो चित्रको भावपनि एउटी खुसी, रमाइलो, र पिडा जस्ता कुराहरूसंग सम््बन्धित छ । अको चित्र मा पनि पृष्ठभूमिमा Maroon Dark रंग को प्रयोग गरिएको छ र अग्रभागमा निलो खैरों ाष्नगचभ को टाउको माथि जलकुम्भीको चित्रण गरिएको छ । त्यस्तै गरेर दोस्रो वर्षका चित्रहरूको तुलना गर्दा पहिलो वर्ष भन्दा रंगहरू चम्किलों, उज्यालो र रमाइलों रगकों प्रयोग अधिक देखिन्छ । रातो रंगको प्रधानता भएको चित्रहरू दोस्रों वर्षमा बनेका छन् तथापि केही चित्रहरू पहिलो वर्षको निरन्तरता सँगै गाढा र अध्यारो आकृतिमा कोरिएका छन । विशेष गरी जीवन र जगत संगको तुलना र जीवन पात्रा र गन्तव्यको साँकेतिक बिम्ब स्वरूप रातो, सुन्तला, पहेलो, खैरो रंगकों प्रयोग गरिएको छ । जसरी जीवन सुन्दर छ र केहीं प्राप्तिका लागि आतुर छ । रंगहरू पनि त्यसै गरि उमंग र खु्रशीयालीको स्वरूप प्रयोग गरिएकों छ । Ethos of Surrounding शीर्षकका ड्ंगा Series का चित्रहरूमा यस्ता किसिमका चित्रहरू बनेका छन । माध्यम चयनका रूपमा एक्रेलिक रंगद्वारा क्यानभाषमा चित्रहरू कोरिएका छन् ।

 

कामको विशेषता , शैली र प्रभाव

प्रस्तुत ‘Ethos of Surrounding’ शिर्षकका चित्र श्रृड्खलाहरूमा एउटा छुट्टै र बेग्लै भाव बोकेका चित्रहरूको सिर्जना भएका छन । उपर्युक्त शिर्षकको भाव र अर्थलाई नियाल्दा पनि वरिपरिका विम्बका रूपमा थुप्रै कुराहरूको योगलाई समेट्न खोजिएको छ । मुलत वातावरणीय विषयवस्तूलाई चित्रण गर्न रुचाउने मेरो पछिल्लो शैलीहरूमा मैलो स्नातकोत्तर प्रथम वर्ष र द्वितीय वर्षका लागि आफ्नो परिवेश र वरपर छरिएर रहेका वातावरणीय विषयवस्तुहरूलाई लिएर चित्र कोने रुचाएको छु । Ethos शब्दको अर्थ लाई Oxford Dictionaries ले ‘The characteristics spirit of a culture, era or community as manifested in its attitudes and aspirations’  भनेर लेखेकों छ । त्यस्तै त्यसको भारतीय अर्थ खासीयत भनेर बझिन्छ । यस्कों ठोस नेपाली शब्दमा उल्था प्राप्त नभए पनि कुनै सँस्कति, समय, समदायको खास विशेषता र यस्को अवधारणालाई Ethos (इथोस) भनिन्छ । त्यस्तै मैले चुनेको विषयवस्तुमा पनि आफुले अनुभव गरेको, बिताएका समय, समाज र जीवन जगतका कुराहरूलाई उठान गने खोजको छु । मेरा चित्रहरूलाई सम्पूर्णतामा दाजेर हेर्न उपर्युक्त हन सक्दैन । किनकी यस्का जीवन जगतका केहीं पाटाहरूलाई मात्र उप्क्याएर देखÞाउन खोजिएको छ । त्यस गरी मेरो यो चित्र श्रड्खलाका चित्रहरूमा एउटा छुट्टै नविन प्रयोग र विषयवस्तुलाई समेट्न खोजेको छ जस्तो लाग्दछ मलाई । नितान्त व्यक्तिगत अनुभव महशुश र अभिव्यक्ति मेरा चित्रहरूका विशेषता हुन् । बाहय जगतबाट देखिने चित्र वा अनुकरण (Imitation) भन्दा मेरा चित्रहरूमा विषयवस्त् भित्र छिरेर, पहाड र डुंगा जस्ता विषयवस्तुलाई पनि कसरी नितान्त विचार र अनुभवमा ढालेर चित्र कोर्न सकिन्छ भन्ने प्रत्यक्ष उदाहरण मेरा कलाहरू हुन् । त्यसैले यी चित्रहरू एक छुट्टै शेलीमा खडा भएका छन् । मेरी चित्रहरू Representational Art को रूपमा विभिन्न विषय हरूलाई साँकेतिक(Symbolic) अर्थका रूपमा उतारेर छुट्टै भाव पैदा गर्न खोजिएको छ ।

 

पहिलो र दोस्रो वर्षका कलाकृतिहरूको व्याख्या

एउटै भएता पनि चित्र सिर्जनाको क्रम प्रस्तुत स्नातकोत्तर तह अध्ययन क्रममा पहिलो वर्ष र दोस्रो वर्षका मेरा चित्रकृतिहरूलाई दुई खण्डमा विभाजन गरी व्याख्या तथा विश्लेषण गर्न चाहन्छु । मुलत दुवै चित्रक्रममा भित्रिएका बिम्ब, प्रतिबिम्ब, र रूपक (Metaphor) हरू परिस्कृत र थपिदै गएका छन् । तसर्थ म यी परिवर्तन र थपघटलाई एक प्रक्रियाको रूपमा हेर्दछु । विचारमा आइरहने तंरग परिवर्तन र भाव नै परिस्कृताको कारक हो भन्ने लाग्दछ । मुलत वातावरणीय विषयमा चित्र कोर्न मन लाग्ने मलाई जहिले पनि पर्यावरणसँग सम्बन्धित कुराहरूले छोइ रहेको हुन्छ । मानवीय जीवन शैली र यस्को दरूपयोगले असर चित्रहरूमा मुल्तः इथोज अफ सराउण्डीड भनेर आफुमा निहित र गर्दै गइरहेको वातावरणीय परिवेश नै हाल को अवस्था हो । स्नातकोत्तर प्रथम वर्षमा आफु भित्र अवचेतन रूपमा रहेको विम्बलाई बाहिर ल्याई अभिव्यक्त गर्न खोजिएको छ । प्रकृति र पर्यावरण हरेक कलाकारको प्रेरणाकों कारक रहि आएको छ । म हरपल आफ्नो मुल अवधारणा र आफ्ना विचारको खोजमा रहीरहेको हुन्छु । त्यस्तै चरणमा म आफ्नों विषयवस्तुलाई म आफ्ना पर्यावरणबाट प्राप्त प्रभावलाई अभिव्यक्त गर्नमा केन्द्रत गर्दछु । यतिखेर आफना नोस्टालजिक विचार र विम्बले मेरा इन्द्रियहरूलाई जागृत गरी ती मर्म र अवधारणामा चित्रकोर्न पे्ररित गरिरहन्छ । जब म प्रेरणा र नविन विचारको खोजमा थिए म आफुलाई को हु ? भन्ने प्रश्नले मलाई घेरिरहेको हुन्थ्यो । त्यसपछि मैले मेरा संग्रहका तस्वीर संकलन रर्न थाले । ती तस्विरहरूले मेरो ठाउँ र परिवेशसंगका मेरा सम्बन्ध (Attachment) लाई प्रस्तुत गर्दथ्यो र मेरो भित्री विचारको शक्ति र आफ्mुलाई व्यक्त गर्ने एउटा छुटटै अवधारणाकों प्रादुर्भाव भयो । कहिले म मेरा सपना र विपना दुवै अवस्थामा हिमाल र परिवेशले मलाई घेरिरहेको आफ्mुलाई हिमालको काखमा पाउँदछु त कहिले हिमालको शिखरमा आफ्ुलाई पाउँदछु । सपनामा पनि धेरें चोटि यी बिम्बहरूले मलाई पछयाइरहेको हुन्छ कहिले चारैतिर घेरिरहेकोर मं आफूलाई एक्लो अवस्थामा पाउँदछु ।

यी सपना का विम्वहरूलाई उल्था गर्ने प्रयास त मैले गरिन तर मेरों मन मस्तिष्कमा गढ़ेको अवचेतना यो चित्र भाव र छाँयालाई चित्रमा उतार्ने प्रयास गरे । र जीवनका हिमाल र पर्यावरणका बारे मैले पहिले देखि नै चित्र कोर्दै परिचित रहंदै आएको छु । यसै विषयमा रेखाकृतिहरू कोर्दै जादा र आफ्ना विचारहरूलाई पोख्दै जादा आफुलाई मेरो पर्यावरण र परिवेशले घेरिएको अवस्थामा पाउँदछु । म मेरो परिवेशले सधै उत्प्रेरणा प्रदान दिइरहेको पाउँदछु । अन्तत मैले भूमिको विम्ब लाई रूपककों रूपमा चित्रण गर्ने विचार गरे । मेरो बाल्यकालमा विताएका पोखराका नोस्टाल्जिक मोटिफहरू मैले चुने । मैले आफुलाई एउटा एकाईको रूपमा आफ्ना अनुभव, भावनालाई व्यक्त गर्ने चाहन्थे । त्यही विचारको स्वरूप नै जलकुम्भीको झार (Water Hyacinth), ताल, पानी, ड्ंगा र परिवेशका हिमाल पहाड स्वतर्फुत र अवचेतन रुपमा मेरा चित्रहरुमा आए । पुनः ती नै सपनाहरूले मलाई पछयाउन थाले र मलाई घच्घच्याउन थाले सिर्जनाका निम्ति र उत्प्रेरणाका स्रोतहरु क्रमश फुट्न थाले । मेरा चित्रहरूका तथ्य भनेका जीवनीका उतार परिवेशका हिमाल पहाड स्वतस्र्फुत र अवचेतन रूपमा मेरा रेखा कृतिहरुमा आए । चढ़ावलाई पर्यावरण विम्वहरूसँग तुलनात्मक ध्वनि, सुगन्ध, स्पर्श, दृष्टि, स्वाद जस्ता इन्द्रिय र अनुभव भावहरू चित्र श्रड्खलाहरूमा व्यक्त गर्ने खोजको छु । जलकम्भी र अप्ठ्याराहरूसंग तुलना र रुपकका खपमा प्रयाग गर्न खोजिको छु । कहिले ध्वनीको आनन्ददायी भाव र सुगन्धमा भिजेका मादकतालाई समेट्न खोजेको छु ।

 

स्नातकोत्तर तह दोस्रो वर्षका चित्र श्रृड्खला केही भिन्न र केही परिस्कृत रूपमा अगाडी बढद्छ । अब मेरा चित्रहरूबाट विस्तारै हिमाल, पहाड, जलकुम्भी र आफ्नो प्रत्यक्ष उपस्थितिलाई त्याग्दै गएको आभष गर्न सकिन्छ । मेरा चित्रहरूको मुल विषय वस्तु र वस्तुगत प्रभाव अब डुङगा र जीवन बिच तादाम्यता मिलाउन खोजको आभाष गर्न सकिन्छ । मेरो यी चित्रहरूमा कुनै कथाहरू छैन र आफ्ना कुतिहरूलाई न कुनै कथात्मक छनक दिन यी त आफै अभिव्यक्तिका वाहन (Vehicle) हुन् । यी श्रुड्खलामा चुनिएका विषयवस्तुहरूले नै मेरा विचार, अन्त भावलाई रूपकका रूपमा अभिव्यक्ति दिएका छन् । यी चित्रमा पानी, ताल, पानी डुंगा, पर्यावरण नै मुल विषयवस्तु हन । अभिव्यक्तिको सरलता नै मैले मेरा चित्रहरूमा खोजको र पाएको मु्ल भाव हो । ड्ङगाहरू पानी सित जोडिएका हुन्छन् । आंशिक रूपमा यस्ले नारीत्वको गुण बोकेको हन्छ तथापि अवचेतन यौनिक सन्दर्भ पनि यस्को सांकतिक अर्थ हुन सक्दछ । पानीको दुई किनार नदी वा तालको दुई किनारलाई जोड़ने माध्यम नै डुङगा हो । यसरी एउटा किनारबाट अको किनारलाई हुने प्रक्रिया नै एक अवचेतन प्रवेशको रूपमा संकेत गर्दछ ।

मेरो चित्रहरूमा डुङगा एक ठोस, मौन र उदास वस्तु मात्र नभईकन एउटा जीवन हो । यस्को आफूनै एउटा चक्र छ । जीवनको एउटा चरण (Phase) बाट अर्को चरणमा प्रवेश गरे जस्तो, कुनैं नव सुरुवात र विगतबाट आगतको सुरुवात हुन सक्छ । मानिसलाई एक स्थान देखि अकों स्थान, एक गन्तव्य देखि अर्काे गन्तव्य सम्म पुर्याउन । यस्को आफ्ने एउटा मर्मं छ यस भित्र रहेको मर्मलाई हेर्यौ भने यसभित्र निस्वार्थ, सहयोगी, निस्कपट भाव लुकेको महशुश गर्न सक्दछौं । कहिले नयाँ जिउ लिएर, कहिले जीर्ण, ओसिलो र भिजेको जिउ लिएर पनि कसरी मानिसहरूलाई पार लगाएकों हुन्छ । यहीं ड्गामा चढ्ने कोतिपय व्यक्तिहरू, पापी, स्वार्थी, भ्रष्ट र कलाकार होलान । तिनीहरुलाई पनि चुपचाप यो नियाली रहन्छ र आफ्नों धर्मलाई अगाड़ी बढ़ाइ रहन्छ । मलाई लाग्छ ड्ंगा निर्जिव छन् । चुपचाप छन्, मौन छन तैपनि म महसुस गर्दछ यो बाँची रहेको छ आफ्नो निजी सँसारमा जसरी कुष्ण शाह यात्रीका बालकथाहरूमा निरजिव यात्रिका हवाई जहाजहरू आफ्नो विचार पोख्दछन । जसरी इन्द्र अधिकारीका बाल कथाहरूमा निर्जिव सवारीहरू अन्तकया गर्दछन् । ती काल्पनिक र ती संवादहरूले पक्कै पनि यान्त्रिकता भित्रको पिडा दुःखका अभिव्यक्ति बोकेको छ । त्यस्तै गरी मेरा चित्रहरूमा पनि मैले मेरा विषयवस्तुले संवाद र अभिव्यक्तिकों ढोका दर्शक सामु खोलेको आभाष गर्दछ । कोस, निर्जिव वस्तुहरू भित्रका जीवित र सुक्ष्म पत्रहरूले पक्कै पनि यसकों रहस्यता लाई उजागर गरेको छ । जहाँ पानीलाई जीवनको तरलता र ड्ंगाहरू मृत कोशिका (Dead cell) होइनन् । ड्ंगाहरू जीवन, संघर्ष, दुख आफुविहिनताका घोतक हुन् । यो त जीवन चरणका पिडा (Sorrow) उमंग (Joy) शान्त (Calmness) तनाव (Anixity & Agressivness) जहाँ पानी लाई जीवनको तरलता र लवकता सँग गाँसिएको छ ।

 

निष्कर्ष

कलाकार नै यसर्थ कला जीवनको अभिन्न पक्ष हो यसलाई नकार्न सकिदैन । जसरी कलालाई कलाका निम्ति भनियो । कला कलाका निम्ति मात्र नभई कलाकारको निम्ति पनि हो । कलाकार नै नभइ कला कसरी उपत्ति हुन्छ । न त कुनै सिर्जनाको बिउ उम्रन नै पाउँदछ । कलाकारकों अभिव्यक्ति नै कलाको कडी रह्यो । कलाकारको सोच, विचार र कल्पनाले साकार रूप लिन थाल्यो । त्यसैले नै त कला र कलाकारको बिच अन्योन्याश्रित सम्बन्ध रहि आएको छ । अन्य विविध कलाहरु जस्तै चित्रकला पनि अभिव्यक्तिको माध्यम हो । परापुर्वकाल दखि नै र सभ्यताको सुरुवाती काल देखि नै मानव जातीमा तिब्र अभिव्य्क्तिको चाहना रहेको पाइन्छ र त मेसोपोटामिया, मोहनजोदारो, हरप्पा, मिश्रकालिन सभ्यताका नमूनाहरू आजसम्म उदाहरणीय रहेका छन् । तथापि चित्रकला अभिव्यक्तीको सुरुवात ढंड्गे युगिन पौराणिक र ऐतिहासिक महत्व बोकेको र दृश्य भाषा भएकोले र एकले अर्कोलाई के भन्ने पाषाणकालीनबाट सुरु भएको वैज्ञानिक अनुमान लगाउन प्रशस्त उदाहरणहरू छन् , यसर्थ पौराणिक र ऐतिहासिक महत्व बोकेको र दृश्य भाषा भएकोले र एक अर्का सुचना सम्पे्रषण गर्न भनि सहज विकल्पका रूपमा चित्रकलालाई लिइएको पाइन्छ ।

कलाकारको स्वविवेक आत्मज्ञान र कशल स्वरूप कलाले आकार लिएको पाइन्छ कल्पनाशील र सिर्जनशील देनहरूले नै यो संसार चलेको छ वातावरण र भुगोलले हामीलाई घेरिरहेको छ । हामी प्रकृति र सँस्कृतिबाट पर गएर सोच्न सक्दैनौ । म पनि आफुलाई प्रकृति कै एक पात्रको रूपमा पाउदछु । वातावरणीय र साँस्कृतिक पक्षहरूले जहिले पनि मेरो सोच र दृष्टीकोणलाई प्रभावपारि नै रहेको हुन्छ । जबजव म आफुलाई प्रकृतिको काखमा पाउँदछु मं आफुभित्र निहित भित्री विचार र अवधारणा मस्तिष्कमा रहेका अवचेतना दृश्यहरू भै छाइरहेको हुन्छ । ती नै भाव र भावतरडहरू चित्रको आकार र रूपमा मेरो चित्रहरूमा अभिव्यक्त हुन्छ ।

यस स्नातकोत्तर तह चित्रकला विषयको पहिलो र दोस्रों दुवै तहको लागि छानेको शिर्षक ‘Ethos of Surrounding’ अन्तर्गत मेरा चित्रहरू सिर्जना क्रममा प्रयोग गरिएका बिम्ब, प्रतिविम्ब र रूपक हरू मेरो Concept ले विचारका विविध भावहरुलाई अभिव्यतm गर्दछन् । मुलत वातावरणीय विषयहरूमा चित्र कोर्न मन लाग्ने मलाई जहिले पनि पर्यावरणसँंग सम्बन्धित कराहरूले छोइ रहेको हुन्छ । मानवीय जीवनशैली र यस्को क्रियाकलापले असर गर्दै गइरहेको वातावरणीय परिवेश नै चित्रहरूका मुल विषयवस्तुहरू हुन् । आफू निहित र आफूभित्र अवचेतन रूपमा रहेका विम्ब र भावलाई बाहिर ल्याई Ethos of Surrounding   को रूपमा अभिव्यक्त गर्न खोजेको छु ।

हिमाल र पर्यावरणका बारेमा म पहिले देखि नै चित्र कोर्दै परिचित रहदै आएको छु । म मेरो पर्यावरण र परिवेशले सधै उत्प्रेरणा प्रदान गरिरहेको महशुश गर्दछ । मेरो बाल्यकालका Nostalgic motifs हरूलाई लिएर पर्यावरणको एक एकाइको रूपमा भावना व्यक्त गर्न चाहन्थे । त्यही विचार स्वरूप नै जलकुम्भीको झार, ताल, पानी डुङगा र परिवेशका हिमाल पहाड स्वतस्र्फूत र अवचेतन रूपमा मेरा कलाकृतिहरूमा आए । मेरा चित्रहरू भनेका जीवनीका उतार चढ़ावलाई पर्यावरणका विम्बहरूसंग तुलनात्मक रूपमा सांकेतिक अभिव्यक्तिहरू हन् । जलकुम्भी झारहरूलाई विचार र , मनोवैज्ञानिक अवरोध र जीवनका गाहो अप्ठ्यारा परिस्थितिसँग तुलना गरि एउटा रूपक को रूपमा प्रयोग गरिएकों छ । त्यस्तै डुङगाहरू पानीसँंग निर्भर र जोडिएर आउने वस्तु का साथै पानीको एउटा किनार बाट अर्को किनारलाई जोडने प्रक्रिया र अवचेतनको सकेत हो । जीवनको एउटा चरणबाट अर्को नव चरणमा प्रवेश गरेको जस्तो नविन सुरुवातको साँकेतिक अभिव्यक्ति पनि डुङगाले गर्दछ । साथै यसले बोकेको निष्कपट, शान्त, निस्वार्थ मौन भावनालाई उदार पात्रको रूपमा जीवनसंग तुलना गर्न खोजिएको छ । डुंगाहरू मृत कोषिकाहरू होइनन् । डुंगाहरू जीवन, संघर्ष दुःख आफु विहिनताका घोतक हुन् । जहाँ पानीलाई जीवनकों तरलता र लचकतासंग गाँसिएको छ ।

 

 

 

" यो लेख पुरा पढ्नु भएको मा धेरै धेरै धन्यवाद् "
इशान परियार
कलाकार / चित्रकार
Ishan Pariyar
Average rating:  
 0 reviews